
झापा: अर्जुन्धारा नगरपालिकामा रहेको निजि बिद्यालय एम्स एकेडेमीले शिक्षकलाई तलब नदिएको बिषय सामाजिक संजालमा छताछुल्ल भएको छ ।

बिज्ञापन



एम्स एकेडेमीले गत वर्षको तलब अहिलेसम्म भुक्तानी नदिएको भन्दै इस्टु झापाले भण्डाफोर गरेको हो । इस्टु झापाको फेसबुक पेजमा एम्स एकेडेमीले तलब नदिएको विषय उल्लेख गरिएपछि सरोकारवालाले कडा आपत्ति समेत व्यक्त गर्न थालेका छन् ।

इस्टु झापाको फेसबुक प्रोफाइल बाट तलब नदिएको तथ्य बाहिरिए पछि उक्त बिद्यालयका प्रधानाध्यापकले पोस्ट हटाइदिन अनुरोध गर्दै जतिसक्दो चाडो भुक्तानी गरिदिने बताएको पाइएको छ । पिडित शिक्षकहरुले इस्टु जिल्ला कार्यालयमा बिद्यालय संचालक विरुद्ध उजुरी समेत गर्न लागेको बताइएको छ ।
यसैबीच सत्यतथ्य के हो भन्ने बुझ्नको लागि उक्त बिद्यालयका प्रधानाध्यापक संग बारम्बार सम्पर्क गर्दा पनि मोबाइल स्विचअफ गरेको पाइयो ।