नगरपालिकाका कर्मचारीसहित दमकमा थप ८ जनामा कोरोना पुष्टि

दमकझापाको दमकमा नगरपालिकाका कर्मचारीसहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पिसिआर रिर्पोट अनुसार ७ जना पुरुष र एक जना महिलामा कोरोना देखिएको हो ।

दमक ४ का ३ जना, दमक १ एक जना, ८ का १ जना, ९ का १ जना, दमक ५ को १ जना र दमक १० का १ जनामा संक्रमण देखिएको नगरपालिकाको स्वाथ्य शाखाले जनाएको छ । शुक्रबार ९६ जनाको स्वाब संकलन गरि पठाइएकोमा ८ जनामा संक्रमण देखिएको छ ।

यस्तै अरु ४ जनाको रिर्पोट भने होल्डमा छ । दमकमा मात्रै कोरोना संक्रमितको संस्या १ सय ३७ जना दपुगेको छ ।

यसैबिच दमक नगरपालिकाका एक जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । आज रिपोर्ट अनुसार दमक ८ घर भएका १ कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।