भक्तपुरमा दिनदहाडै एक महिलाको हत्या  | OmkarTimes.com

भक्तपुर । भक्तपुरमा अपरिचित व्यक्तिको समूहले दिनदहाडै एक महिलाको हत्या गरी फरार भएको छ ।

 

बिज्ञापन

चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोककी बोडेगाउँकी ६० वर्षे सावित्री भट्टराईको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

 

विहान ११ बजेतिर मोटरसाइकलमा आएका दुई जना हरियारधारीले भट्टराईको घाँटी रेटेर हत्या गरी भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो ।

 

भटराईकी छोरी बाँसबारी विद्युत तालिम केन्द्र पछाडि स्थानीय सोनाम थापामगरको १ तले पक्की घरमा डेरी गरी बस्दै आएकी थिइन् ।