
आईपीएल/इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो हार व्यहोरेको छ । गएराति भएको खेलमा राजस्थान कोलकत्ता नाइट राइडर्ससँग ३७ रनले पराजित भएको हो ।

अघिल्ला २ खेलमा उत्कृष्ट ब्याटिङ गरेको राजस्थानले गएरातिको खेलमा सोही लयलाई कायम राख्न सकेन ।



दुबईमा भएको खेलमा कोलकाताले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो ।

उसका लागि टम कुरानले अविजित ५४ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । उसका लागि जोस बटलरले २१ र राहुल टेवटियाले १५ रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चर्कवर्तीले समान दुई–दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । उसका लागि शुभम गिलले ४७, आन्द्रे रसेलले २४ तथा इयान मोर्गनले नटआउट ३४ रन बनाएका थिए ।