
दमक । गौरादहमा ६५ वर्षीया वृद्धा मनमाया भण्डारीको हत्याको आरोपमा प्रहरीले उनकै पति भीम भण्डारीलाई पक्राउ गरेको छ ।

विहीवार बेलुका पक्राउ गरिएका भीम भण्डारीलाई शुक्रवार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालयका डिएसपी बिजयराज पण्डितले जानकारी दिए ।
बिज्ञापन



मनमायाको असोज १२ गते दिउँसो साढे ४ बजेतिर गौरादह–१ स्थित आफ्नै घरमा विभत्स हत्या भएको थियो ।दुबै हात बाँधेर खाटमुनि लुकाइएको अवस्थामा मनमायाको शब फेला परेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टम रिपोर्ट, घटनाको प्रकृति, परिस्थिति, छरछिमेकी लगायतको विश्लेषणको आधारमा मृतक मनमाया भण्डारी र उनका पति ६४ वर्षीय भीम भण्डारी सँगै रहेको अवस्थामा घटना भएको अनुसन्धानबाट खुलेको जनाएको छ ।