
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।

गठबन्धनका दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सीट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् ।
बिज्ञापन



‘गठबन्धनको प्रमको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरू जनतासँग तर्सेकै हुन्,’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

गठबन्धनका दलहरू जनतालाई झुक्याउन लागिपरेको उनको टिप्पणी छ ।
‘घ्यू बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उनले भनेका छन् ।