
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलिनामालाई स्वास्थ्यलाभको कामना गरेका छन् ।
ट्वीट गर्दै ओलीले ट्रम्प र उनकी पत्नी मेलिनामाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलिनामा कोरोना पोजिटिभ देखिएको थियो ।
निर्वाचन अभियानका क्रममा उनी संक्रमित बनेका हुन् । राष्ट्रपति ट्रमलाई वाल्टर रीड नेशनल सैनिक अस्पताल लगिएको छ ।