दसैँमा नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकको निर्णय

नेपाल राष्ट्र बैंकले याे वर्षको दसैँमा नोट सटही नगर्ने निर्णय गरेकाे छ । बैंकले आज कोरोना भाइरसको जोखिमका कारण विगतदेखि वितरण गरिने दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेकाे हाे ।

तीव्र रूपमा कोरोना संक्रमण बढेको र नोट वितरण गर्दा बैंकहरूमा भीडभाड हुने हुँदा नयाँ नोट सटही नगर्ने निर्णय गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

बिज्ञापन

कोरोनाको कारण यस वर्ष नयाँ नोट नसाट्ने निर्णय राष्ट्र बैंकले लिए पनि सफा नोट नीति अन्तर्गत नयाँ नोट वितरणमा कमी गरिएको थियो ।

२०७५ को दसैँमा राष्ट्र बैंकले प्रतिव्यक्ति २७ हजार नयाँ नोट सटहीको सुविधा दिएको थिय‍ाे । गत वर्ष भने बैंकले साढे १८ हजारको मात्रै सुविधा दिएको थियोे ।