८ वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने प्रदेश सरकारको निर्णय

धनगढी : सुदूरपश्चिम प्रदेशको ८ वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय भएको छ ।
प्रदेशको ६ वटा जिल्ला अस्पताल र दुईवटा अन्य अस्पतालमा अक्सिजन प्लान्ट राख्ने निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको हो ।डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडीका जिल्ला अस्पताल तथा कैलालीको टीकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिए ।

उनले भने,‘सेती बाहेक प्रदेशका अन्य अस्पतालमा आवश्यक अक्सिजन सिलिन्डरमा बोकेर लैजानुपर्ने अवस्था छ यस्तो बाध्यता अन्त्यका लागि मिनी अक्सिजन प्लान्ट जतिसक्दो चाँडो बनाउने भनेका छौं ।’ डडेल्धुरा अस्पतालमा भने संघीय सरकारले नै अक्सिजन प्लान्ट राख्न लागेको उनले बताए ।सुदूरपश्चिममा अहिले सेती प्रादेशिक अस्पतालमा मात्र अक्सिजन प्लान्ट छ । प्रदेशका लागि आवश्यक केही कर्मचारीको पदपूर्ति गर्ने निर्णय पनि भएको जनाइएको छ ।

बिज्ञापन