
काठमाडौं : लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएको सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण १६ गतेदेखि लिने भनिएको सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको जनाएको छ।
परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
गत चैतमा हुनु पर्ने राजपत्रांकित तृतीय श्रेणीको लगायत लिखित परीक्षा हुन बाँकी छ।