
दमक : हुलाकी सड्क र बन्दै गरेको नमुना शहर। झापा कै पुरानो बजार गौरीगञ्ज। अहिले गाउँपालिका बने संगै बसाइँसराइ भई यहाँ आउनेको चाप उस्तै रहेको छ। पाडाजुङ्गी गौरीगञ्ज सडक कालोपत्रे भए संगै सवारी साधनको प्रयोग बढिरहेको छ। पछिल्लो समय दुई पाङ्ग्रे र चार पाङ्ग्रे थपिए संगै सवारी साधनको चाप बढेको देखिन्छ। यहाँ बाट छुट्ने छोटा तथा लामा दुरीका बसले कहिलेकाही बाटो छेकेर आवतजावतमा समेत प्रत्यक्ष असर पारेको छ। बाटोमा रोकिने यस्ता साधने एकातिर दुर्घटना बढाउने सम्भावना रहेको देखिन्छ।




पछिल्लो पटक थपिएका सिट सफारी र अटोपनि यहीँ बाटोमा रोकिनाले थप समस्या देखिएको छ। मुख्य चौक वरपर नै बेलाबेला हुने सवारी दुर्घटना यहाँको पार्किङ अवस्था बारेमा प्रस्ट पारेको छ।

गौरीगञ्ज ट्राफिक ईन्चार्ज साजन कार्की –
“यहाँ म आएदेखि नै समस्या देख्छु। चौक देखि उत्तर पट्टी धेरै बसहरु र अटो पार्किङ भएको देखेको छु।हामीले प्रयास गरिरहेका छौ। कतिले अझै पनि अटेर गरेर राख्ने गरेको पाएको छु। यसरी अटेर गरेर बस्नेलाई फाईन काट्न खोज्दा दुर्व्यवहार गर्ने धम्की दिने गरेका छन्। सबै संग सल्लाह गरेर यो पार्किङ बस पार्क मै लैजान धेरै कोसिस गरेको छु।चाडपर्व नजिकिए संगै भिडभाड हुने भएकोले सवारी अागमको चाप बढ्ने छ। यदि समयमै यतातर्फ ध्यान नदिने हो भने दुर्घटना बढ्ने सुनिश्चित छ। हामी आफै सजग हौ ट्राफिक तपाईंको साथमा छ।”
त्यस्तै यस बारे वडा नम्बर ३ का वडा अध्यक्ष मखना महतो-
“चौकदेखि पूर्व पट्टी पुरानो हाटखोला भन्ने ठाउँमा गौरीगञ्ज गाउँ पालिकाको ८ कठ्ठा १०धुर जग्गा छ।हुलाकी सड्कले अहिले असर गरेकोले।अब बस स्टेण्ड बाटै १/१ वटा बस छोड्ने थालेका छौ। सिटि सफारी को हकमा गौरीगञ्ज मा. वि. को अगाडि गिटी राखेर सम्याएका छौ। त्यहीँ सिटि तथा भेन व्यवस्थित गर्दै छौ। बसपार्कको लागि वडा बाट ७लाख छुट्याइएका छौ। अब सिटी लाई एक ठाउँ,भनेलाई एकठाउँ,बसलाई एक ठाउँ ब्यवस्थापन गर्ने छौ।बाटोमा राखिने सवारीसाधनलाई पनि व्यवस्थापन गर्ने छौ।”
वडा अध्यक्ष महतोले यस्तो भनिरहदा हाटखोलाको भनिएको ठाउँमा शौचालय बाहेक अन्य पूर्वाधार केही बनेको छैन। गाडि पनि व्याक गरेर एउटामात्र राख्ने ठाउँ रहेको छ। खालि ठाउँमा पानी जमेर पोखरी भएको छ।
समग्रमा हेर्दा गौरीगञ्ज चौक भएर गुड्ने दुई चक्के सवारी साधनले ट्राफिक नियम मिचेको देखिन्छ भने बस,सिटी सफारी, अटो र भेनले जथाभावि पार्किङ रोकिएको छैन। गौरीगञ्ज प्रशासन अगाडि लामो लाइन भएर रोकिएको अटोबाट प्रस्ट हुन।अझ यहाँको स्थानीय बुधबार र शनिबार लाग्ने बजारका दिन पार्किङ अव्यवस्थित हुने गरेको। यस बारे अहिलेसम्म कुनै निकायले प्रष्ट जवाफ दिन सकेको छैन