सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्याे

काठमाण्डाै – सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।