माधव नेपाल भन्छन् : सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका दलहरूबीच सिट बाँडफाँटका विषयमा लगभग सहमति जुटिसकेको बताएका छन् ।

शनिवार सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले दलहरूबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका हुन् । उनले सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको बताएका छन् ।  

बिज्ञापन

‘मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जसले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने पूर्व नेपालको भनाई छ । रौतहटको क्षेत्र नं १, ४ र काठमाडौँ क्षेत्र नं २ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने विचार भएपनि अहिले नै टुंगो लागिनसकेको नेपालले बताए ।

प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको सम्वन्धमा नेपालले शिलान्यास गर्नुपूर्व टाँगियावस्तीलाई अन्यत्र व्यवस्थापन गर्ने, विमानस्थल निमार्णका लागि ठाउँ खाली गर्ने र स्रोतको सुनिश्चितता भएपछि मात्रै शिलान्यास गर्ने उल्लेख गरेका छन् ।