
विराटनगर,कार्तिक १३ । प्रदेश १ मा कोरोना संक्रमण निको भई हालसम्म १० हजार १३८ जना डिस्चार्ज भएका छन् ।

प्रदेशमा संक्रमितको संख्या १८ हजार २५० पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आठ हजारभन्दा धेरै संक्रमित अस्पताल, सामुदायिक आइसोलेसन र होम आइसालेसनमा छन् ।



सामाजिक विकास मन्त्रालयका अनुसार हिजो एकै दिन ५५६ जना कोरोना संक्रमित थपिए भने ६९५ जना डिस्चार्ज भएका छन । होम आइसोलेसनबाट ६८०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट चारजना डिस्चार्ज भएका हुन् । कोरोना भए नभएको पत्ता लगाउन प्रदेश हालसम्म एक लाख ५६ हजार ५४६ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रदेश १ का खासगरी बाक्लो जनसंख्या भएका सहरहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । प्रदेश राजधानी विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोड जस्ता सहरमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।