झापाको गौरादह ४  का १ कोरोना संक्रमित वृद्धको मृत्यु

झापा : झापाको गौरादह नगरपालिका वडा न ४ मिलन चोकका ७२ वर्षिय १ वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका वृद्धको हिजो राती करिब ८:१५ बजे तिर मृत्यु भएको मृतकका छोराले बताए ।

बिगत २० बर्ष देखि दीर्घ रोगी वृद्धलाई गत कार्तिक १३ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थमा समस्या आएपछि उपचारका लागि उनलाइ दमक स्थित निम्स हस्पिटलमा उपचार का लागि लगेपछि कोरोना को शंका लागेपछी कोरोना भाइरस परिक्षण गर्दा कोरोना पुष्टि भएको परिवारका एक सदस्य ले ओमकार टाइम्सलाई जानकारी दिए ।

मृतक वृद्धको शब आज (आइतबार) बिहान ८ बजे नेपाली सेनाको शब ब्यवस्थापन टोलिले स्थानीय किस्ने घाटमा शबलाई अन्तिम संस्कार गर्ने गौरादह नगरपालिका वडा न ४ का वडाध्यक्ष मणिन्द्र कार्कीले जानकारी दिए ।

हालसम्म कोरोना संक्रमणका कारण गौरादह-१ का ३ जना पुरुष र ६ नं. वार्डका १ जना पुरुष र गौरादह ४ का १ पुरुष गरी ५ जना पुरुषको कोरोनाका कारण मृत्यु भइ सकेको गौरादह नगरपालिका स्वास्थ शाखा सह संयोजक गोबिन्द श्रेष्ठले जानकारी दिए ।