सुनसरीमा मोटरसाईकल दुर्घटना हुदा २ जनाको मृत्यु

सुनसरी :सुनसरी रामधुनी–२ शिवनगर स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी सवार रहेका सोही स्थानका २३ वर्षीय जिवन चौधरी रहेका छन्।

शनिवार राति साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकलले साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको ट्रलीमा ठोकिएर दुर्घटना हुदा मोटरसाईकल चालक निमेश र पछाडी सवार जिवन गम्भिर घाईते भएका थिए।

बिज्ञापन

उनिहरुको घोपा धरानमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ट्याक्टर नियन्त्रणमा लिइएको उक्त कार्यालयले जनाएको छ।