संक्रमण भएको २१ दिनपछि शिक्षामन्त्री पोखरेल कोरोना मुक्त

काठमाडौं- संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । संक्रमण पुष्टि भएको २१ दिनपछि उनको रिपोर्ट नेगेटिभ आएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनी गत असोज २४ गते पाटन अस्पताल भर्ना भएका थिए भने २५ गते कोरोना पुष्टि भएको थियो ।

बिज्ञापन

उनले आफ्नो उपचारमा खटिने चिकित्सक, नर्ससहित स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति धन्यवाद प्रकट गरेका छन् ।