मिडिया काउन्सिलसम्बन्धी विधेयकको बिरोधमा पत्रकार,  प्रेसलाई नियन्त्रण गर्न खोजेको भन्दै पत्रकार आन्दोलित

काठमाडौ ।  संसदमा दर्ता मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा मानव हाते साङ्लो बनाएर प्रदर्शन गरेको छ । विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने घोषणाअनुसार महासंघले शनिबार बबरमहलमा करिब एक घण्टा प्रदर्शन गरेको हो ।

विधेयक प्रेस स्वतन्त्रताविरुद्ध भएको र यसले प्रेसलाई नियन्त्रण गर्न खोजेको भन्दै पत्रकार महासंघ आन्दोलित छ ।

बिज्ञापन

सरकारले भने मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधनसहित पारित गर्ने बताउँदै आएको छ ।

यसै बिच इटहरीमा पनि नेपाल पत्रकार महासंघ प्रदेस नम्वर १ को आयोजनामा मानव साङ्गलो प्रर्दशन गरिएको छ ।

मानव साङ्गलो प्रर्दशन कार्यक्रम पछि बोल्दै पत्रकार महासंघ प्रदेस नम्बर १का सचिव बिकेक गौतम सुनसरीका अध्यक्ष अमर खड्का लगायतले विधेयकका कतिपय धारा स्वन्तत्र प्रेस विरोध भएको आरोप लगाए ।