आईपीएलमा हैदरावादलाई १७ रनले हराउँदै दिल्ली फाईनलमा प्रवेश

युएईमा भइरहेको विश्व चर्चित आईपीएल क्रिकेट खेलमा हैदरावादलाई १७ रनले हराउँदै दिल्ली क्यापिटल्स पहिलो पटक फाइनलमा पुगेको छ ।

१३औँ संस्करणको लिगको क्वालिफायरमा दिल्लीले सनराइजर्स हैदरावादलाई हराउँदै फाइनल प्रवेश गरेको हो । एलिमिनेटरमा बैंगलोरलाई हराएको हैदरावादको तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा सफल भएन ।

२०१६ को च्याम्पियन हैदरावाद २०१८ मा फाइनलमा चेन्नाईसँग पराजित भएको थियो । अब दिल्लीले यस खेलको उपाधिका लागि सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग भीड्न पर्नेछ ।

पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ ।

फाइनलमा त्यसको बदला लिँदै पहिलो पटक उपाधि जित्ने अवसर दिल्लीसामु रहेको छ ।