
काठमाडौं । कैलाली जिल्लाको लम्कीचुहामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार सो ठाउँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा लम्कीचुहा नगरपालिका वडा नं ४ बलिया बस्ने दिनेश चौधरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक बिष्टले जानकारी दिए अहिले सडक अवरुद्ध छ ।
बिज्ञापन



