
काठमाडौं : नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिइएको छ। बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।
नेपाल र बंगलादेशबीच कात्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल हुँदैछ ।
विश्वभर फैलिरहेको कोभिड १९ का कारण अधिकास देशमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको छ ।
बीएफएफले खेलको टिकट मुल्य भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ एक सम टाका तोकेको छ । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।