
काठमाडौँ । इटहरी उपनगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई भनिएका अभिव्यक्ति फिर्ता लिएका छन् ।

मेयर चौधरीले ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवादास्पद अभिव्यक्ति आइतबार विज्ञप्ति जारी गरी फिर्ता लिएका हुन् । उनको भनाइहरुबाट सञ्चार जगतमा पर्न गएको चोट प्रति उनले दुःख व्यक्त गर्दै उक्त भनाइ फिर्ता लिएको बताएका छन् ।
मेयर चौधरीले बोलेका ‘पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने संवाद सामाजिक संजालमा भाइरल भएको छ ।