
महोत्तरीको बर्दिवास–१४ शुभम् बस्तीबाट आइतबारदेखि बेपत्ता भएकी ५ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको विरोधमा स्थानीयवासी आन्दोलित भएका छन् ।
आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।
आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर आन्दोलत गरेका छन् ।
बालिकालाई बलात्कार गरी हत्या गरिएको हुनसक्ने इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए । घटनाबारे निश्पक्ष छानबिन गर्न बालिकाका बुवाले माग गरेका छन् ।
प्रहरीले बालिका बलात्कार हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । गौशला–५ का २५ वर्षीय अरुणकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी चपागाईले बताए । उनका अनुसार ती युवकले आरोप स्वीकार समेत गरेका छन् ।
यता स्थानीयवासी आरोपितको घरमा तोडफोड गरेर आगजनी गरेका छन् ।
आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।