पुलको शिलान्यास गरेर फर्किदै गरेका मन्त्रीकै गाडी खोलामा डुबेपछी …..

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी स्याङ्जाको एक खोलामा डुबेको छ ।

सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री महासेठ सवार बा २ झ ४०२९ नम्बरको गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको बताइएको छ। मन्त्री महासेठ रहेको उक्त गाडी खोलामा आधा डुबेको जनाइएको छ ।

सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई सकुशल बाहिर निकालिएको थियो। खोलामा फसेको उक्त गाडी क्रेनको मदतले बाहिर निकालिएको छ।