
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ ।
सञ्चारकर्मीहरुलाई प्रहरीले सुरक्षाका कारण देखाउँदै बालुवाटार प्रवेशमा रोक लगाएको हो ।

बालुवाटारमा प्रवेश नदिइएपछि सञ्चारकर्मीहरुले विरोध गरेका छन् । आफूहरुलाई बालुवाटारले अपमान गरेका भन्दै उनीहरुले अब सडकबाटै रिर्पोटिङ गर्ने भन्दै बालुवाटारको प्रेसविरोधी हर्कतको कडा विरोध गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटरको सचिवालय टमि प्रेसमैत्री नरहेको आरोप लाग्दै आएको छ ।
बिज्ञापन



