लिभरपुलले जित्यो सिंगापुर ट्रफी

प्रि-सिजन टुर अन्तर्गत सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा हेण्डरसनले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । त्यसपछि ४७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए । यस जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी जितेको छ ।

बिज्ञापन