नेदरल्याण्ड्सका हान एबिङ नेपाली राष्ट्रिय भलिबल टिमको प्रशिक्षक

काठमाडौ । आसन्न एसियन सेन्ट्रोल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा विदेशी प्रशिक्षक आउने भएका छन् ।

 

बिज्ञापन

अन्तर्राष्ट्रिय भलिबल महासंघ ९एफआइभीभी० ले नेपालका लागि नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई नेपाल पठाउन लागेको हो । उनी तीन महिनाका लागि असार चार गते नेपाल पुग्नेछन ।

 

नेपाल भलिबल संघको पहलमा डच प्रशिक्षक हान पहिलो पटक नेपाली भलिबलको प्रशिक्षकका रुपमा आउन लागेको हुन । २५ बर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात वर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।

 

उनले २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको हेड कोचका रुपमा पनि काम गरेका थिए । जसमा उनले २००८ मा जर्मन कमको उपाधि दिलाएका थिए भने २००७ मा तेस्रो स्थान दिलाएका थिए ।

 

यसका साथै डच टिमको सहायक प्रशिक्षकका रुपमा काम गरेका हान युरोपियन भलिबलमा नै उच्च दर्जाका प्रशिक्षकका रुपमा कहलिन्छन् ।२००८ देखि २०१३ सम्म जर्मनको महिला यू–२० टिमको प्रशिक्षक रहेका उनी २०१४ देखि २०१५ सम्म नेदरल्याण्डसको यू–२१ टिमको मुख्य प्रशिक्षक रहेका थिए ।
यस्तै उनी २०१५ देखि २०१६ सम्म स्विट्जरल्याण्ड भलिबल टिमको मुख्य प्रशिक्षक बनेका थिए ।

 

जसमा उनले टिमलाई सीईभी कपको क्वाटरफाइनलमा पुर्याएका थिए । त्यसपछि उनी २०१६ देखि २०१८ सम्म सुहील भलिबलको प्रशिक्षक रहेका थिए ।

१९८८ देखि प्रशिक्षककाे करियर सुरु गरेका उनले आफ्नो यो करियरमा दुई दर्जन भन्दा बढि उपाधि दिलाएका थिए जुसलाई युरोपियन भलिबलमा राम्रो उपलब्धिका रुपमा लिइएको छ ।
हानलाई ल्याएपछि नेपाली भलिबलमा परिवर्तन हुने अपेक्षा गरिएको छ । उनको नेपाल रहँदाको तलब एफआइभीभीले बेहोर्नेछ । उनले पुरुषका साथै महिला टिमलाई पनि प्रशिक्षण दिने बताइएको छ ।

 

सेन्ट्रले जोन पुरुष भलिबलमा पदक जिताउने लक्ष्यका साथ नेपाल आउन लागेका हानले असार ५ गतेबाट प्रशिक्षण सुरु गर्नेछन् । पुरुष राष्ट्रिय भलिबल टिमले साेमबारबाट तयारी सुरु गर्दैछ