एमाले स्थायी कमिटी बैठक बस्दै, आन्तरिक विवादबारे समीक्षा हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा पार्टीभित्रको आन्तरिक विवाद तथा कार्यदलले गरेको १० बुँदे सहमतिका बारेमा समीक्षा हुने बताइएको छ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज अपरान्हसम्म पार्टी कार्यालय थापाथलीमा स्थायी कमिटी बैठक बस्ने तयारी भए पनि समय निर्धारण भइसकेको छैन । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूको सहयोगमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो विषयमा पार्टीभित्र समीक्षा हुने नेता तामाङले बताए ।

बिज्ञापन