
काठमाडौं : लोकसेवा आयोगले बुधबार विभिन्न सेवाका लागि ३६० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।

बुधबार गोरखापत्रमार्फत आयोगले सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका लागि खुला, महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपांग र पिछडिएको क्षेत्रका लागि विज्ञापन खुला गरेको हो ।



आयोगले प्रकाशन गरेको विज्ञपान अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ खुलामा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, आपंग र पिछडिएको क्षेत्रका लागि दुई–दुई जनाका लागि विज्ञपान गरेको छ ।

त्यस्तै खुलातर्फ सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ र परराष्ट्र सेवाका लागि एकजना अधिकृत मागेको छ ।
महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा २ जना माग गरेको आयोगले जनाएको छ । त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना उम्मेद्वार माग गरेको छ ।
मधेसी कोटामा प्रशासनमा ८, लेखा ६, राजश्व ८, लेखापरिक्षण २ र परराष्ट्रमा एकजना अधिकृत मागिएको छ । आयोगले दलित कोटामा सामान्य प्रशासनमा तीन, लेखामा दुई, राजश्वमा दुई, लेखापरीक्षणमा एक त्यस्तै अपांगता भएकाका लागि प्रशासनमा दुई, लेखामा दुई, राजश्वमा दुईजना र लेखापरीक्षणमा एक जना माग गरेको छ ।
सूचनामामा पिछडिएको क्षेत्रका लागि प्रशासनमा दुई, लेखामा एक र राजश्वमा दुईजना माग गरिएको छ ।
आयोगले फर्म भर्ने म्याद पुष १४ गतेसम्म र दोब्बदर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । आवेदन दस्तुर एक हजार रुपैयाँ निर्धारण गरिएको छ भने एकभन्दा बढी समूहमा आवेदन दिनेले थप चारसय रुपैयाँ बुझाउनुपर्ने छ ।