ढुङ्गा प्रहार गरी बेहोस बनाएर १ तोलाको सुनको मुन्द्रा लुटियो

पोखरा–३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङमाथि घाँस काट्न जाने क्रममा ढुङ्गा प्रहार गरी बेहोस बनाएर कानमा लगाएको १ तोलाको सुनको मुन्द्रा लुटिएको छ ।

मरियमले लुटेराको हातमा चक्कु पनि देखेको बयान दिएको प्रहरीले जनाएको छ । लुटेराले राउनका श्रीमान् धनमान गुरुङका अनुसार घरबाट करिब एक सय मिटरको दुरीमा रहेको बारीमा घाँस काट्न गएकी मरियमको छातीमा ढुङ्गाले प्रहार गरी बेहोस बनाइएको थियो ।

बिज्ञापन

तामा सेतो धर्का भएको सर्ट लगाएको उनले बताएकी छिन् । ढुङ्गा प्रहारबाट बेहोस भएकी मरियमलाई स्थानीयले देखेपछि परिवारलाई खबर गरेका थिए ।

उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।