नेपालमा थप १ हजार २सय १७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १ हजार २सय१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

हाल देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६४ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । साथै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ६सय६३ पुगेको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन