११ अफगानी नागरिक काठमाडौँको सिनामंगलबाट पक्राउ

काठमाडौँ : काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन्। उनिहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट पक्राउ गरेको हो । तालिबानले अफगानिस्तान कब्जा गरेपछि उनीहरू भारत हुँदै भागेर नेपाल प्रवेश गरेका थिए ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको नक्कली आधारकार्डसमेत बरामद भएको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए । सिआईबीले जनाए अनुसार सुनौली नाका भएर उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेका हुन् ।

पक्राउ परेका ११ जना मध्ये तीन जना युवती छन् । ६ जना तीन हप्ता अगाडि र पाँच जना गएको ३ कात्तिकमा नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ ।