
क्रिकेट खेलाडी पारस खड्कालाई कोरोना पुष्टि भएको छ। उनले आज सामाजिक संजाल फेसबुकबाट आफुलाई कोरोना पुष्टि भएको बताएका छन् ।

दुई दिनदेखि आफूमा सामान्य लक्षण देखिएकाले सुरक्षित बसेका उनले बिहीबार बेलुकादेखि स्वाद र गन्ध नआउने लक्षण पाइएपछि शुक्रबार कोरोना परीक्षण गराएका थिए। संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् ।
बिज्ञापन



कोरोना पुष्टि भएसँगै भोलीदेखि चितवनमा सुरु हुने गौतम बुद्ध कप क्रिकेट गुमाउने भएका छन् । उनी नारायणी टिमका कप्तान थिए ।
