
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले बन्द प्रशिक्षण सुरु गरेको छ। आज (आइतबार) देखि एन्फा कम्प्लेक्समा विश्वकप छनोट अन्तर्गत मार्च महिनामा हुने खेलका लागि दीर्घकालीन तयारी सुरु गरेको हो।
बन्द प्रशिक्षणमा बोलाइएका ५८ खेलाडीलाई दुई समूहमा विभाजन गरेर प्रशिक्षण सुरु गरिएको कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले बताए।
आइतबार विहानी सेसनमा २७ खेलाडीले भाग लिएका थिए जसमा सिनियर टोलीका अधिकांश खेलाडी सहभागी थिए । प्रशिक्षक महर्जनले चार चरणमा खेलाडी छनोट गरिने र योजनाबद्ध रुपमा प्रशिक्षण अगाडी बढ्ने बताएका छन् ।