

बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सरकार गठनका विकल्पबारे छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुन नसकेको परिस्थितिपछिको समीक्षा र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिन लागेको एक स्थायी कमिटी सदस्यले बताए ।
बिज्ञापन



बैठकअघि ओलीको दूतका रुपमा बिष्णु पौडेल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । राजीनामा दिने तयारीमा रहेका माधव नेपाल समूहका सांसदलाई कसरी राजीनामा दिनबाट रोक्ने भन्ने बिषयमा बैठकमा छलफल भइरहको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ९ बजेसम्म दुई वा दुईभन्दा बढी राजनीतिक दलको गठबन्धन सरकार गठनका लागि समय दिएकी छन् । उक्त विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।