
काठमाडौं । नेपाली कांग्रेसले यही पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।