शहीद स्मारक फुटबलमा खुमलटार विजयी

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो ।

बिज्ञापन

खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो ।

जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

चर्च ब्वाईज युनाइटेड र भगवती क्लबको पनि समान ६ अङ्क नै छ तर गोल अन्तरका आधारमा चर्च ब्वाइज शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै भगवती क्लब दोस्रो स्थानमा छ यता बासबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बासबारीले तीन खेलमा १ अङक जोडेको छ । रासस