इसाईहरुलाई हिन्दु सेना नेपालको चेतावनी,बिद्यार्थीहरुलाई जबरजस्ती `सेन्टाक्लज´लगाउन बाध्य परिए कारबाही गर्ने

झापा ।क्रिस्चियनहरुको मुख्य चाड क्रिसमसको पुर्वसध्यामा चेतावनी स्वरुप हिन्दु सेना नेपाल नामको संगठनले आज एक विज्ञप्ति निकालेको छ ।विभिन्न शैक्षिक संस्थामा बिद्यार्थीहरुलाई जबरजस्ती क्रिसमसमा क्रिस्चियनहरूको पोशाक (सेन्टाक्लज) लगाउन बाध्य परिएको भन्दै विज्ञप्ति निकालिएको हो ।

`विगत लामो समयदेखि हिन्दु अधिराज्य नेपाल पुनःप्राप्तिको लडाईमा संघर्षरत यस संगठनले विभिन्न सामाजिक विकृति,विसंगति बिरुद्ध अभियान चालेको सर्वबिबिध नै छ ।विभिन्न मुलुकहरुले नेपालको धर्म संस्कार माथि प्रहार गरेर नेपाली नेपालीमा विभाजन ल्याउन खोजेको घाम जत्तिकै छर्लङ्ग छ । यसै विभाजनको अभियान अन्तर्गत नेपालको शिक्षा क्षेत्र पनि प्रयोगमा आएको सम्पूर्ण देशप्रेमी महानुभावमा जानकारी गराउदछौ ।´ नेपालीहरुमा बिभाजन ल्याउन धर्मको माध्यमबाट शिक्षा क्षेत्रमा प्रहार भएको विज्ञप्तिमा जनाइएको छ।

बिज्ञापन


`इसाई मेसिनरीहरुले संचालन गरेका शैक्षिक संस्थामाहरुमा आगामी `क्रिसमस डे´मा जबर्जस्ती इसाई पोसाक (सेन्टाक्लज) लगाउन बाध्य परिएको व्यापक जनगुनासो आएको हुदा ,सो बिषयमा यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।तसर्थ सो कार्य नगर्न नगराउन आग्रह गर्दछौं,यदि यस आग्रहको बेवास्ता गरि कहि कतै गराएको पाइएमा जस्तो सुकै कारवाही गर्ने व्यहोरा जानकारी गराउदछौं ।´ निकै आक्रमण रुपमा निकालिएको विज्ञप्तिमा जबरजस्ती सेन्टाक्लज लगाउन बाध्य पारिए जस्तोसुकै कारबाही गरिने चेतावनी दिइएको छ ।विज्ञप्तिमा हिन्दु सेना नेपालको संयोजक निर्भयको हस्ताक्षर रहेको छ ।

स्मरक रहोस् नेपाल हिन्दु धर्म सापेक्ष हुनुपर्छ भन्दै संघर्ष गरिरहेको यस संगठन इसाईहरु प्रति आक्रामक रहेको देखिन्छ ।यस संगठनले नेपालमा इसाईहरुले धर्म परिवर्तन गरेको भन्दै गाउँ गाउँमा गएर बाइबल बाड्दै हिड्ने इसाईहरुलाई कहिले लखेट्ने , कहिले बाइबल खोसेर जलाउने जस्ता गतिविधिहरु गर्दै आएको छ ।