
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित हुने महाशाखाले जनाएको हो ।

अहिले देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा छ भने तराईका केही स्थानमा हुसु–कुहिरो लागेको छ ।



शनिबार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।
त्यस्तै आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तापक्रममा कमि भई चिसो रहिरहने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानहरुमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित हुने महाशाखाले जनाएको हो ।
अहिले देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा छ भने तराईका केही स्थानमा हुसु–कुहिरो लागेको छ । शनिबार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ । त्यस्तै आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तापक्रममा कमि भई चिसो रहिरहने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानहरुमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।