शिक्षक लाइसेन्सको फाराम खुल्यो, शिक्षा नपढेकाले पनि भर्न पाउने

काठमाडौं :  शिक्षक सेवा आयोगले शिक्षकको लाइसेन्सका लागि फाराम खुलेकाे गरेको छ।

आयोगले सूचना जारी गर्दै प्राथमिकदेखि माध्यमिक तहसम्म लाइसेन्सका लागि फाराम खुलाएको हो।

बिज्ञापन

आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले असार २ गतेदेखि २२ गते सम्म दरखास्त दिन सक्ने जनाएको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर असार २९ सम्म फाराम भर्न सक्ने छन्। आयोगले शिक्षण तालिम नलिएकाहरुका लागि पनि लाइसेन्स लिने व्यवस्था गरेको छ।

हेर्नुहोस् विज्ञापन