प्रधानमन्त्रीकै क्षेत्रका यी युवा ठ्गिएको महिनौं बितिसक्दा पनि काहींकतै बाट न्याय पाएनन्

झापा। वैदेशिक रोजगारका लागि जाने क्रममा गौरादह २ निवासी सावालाल ताजपुरियाले ठगिएको पनि महिनौं बितिसकेको छ। न्याय पाउनका लागि उनले काठमाडौका विभिन्न निकाय धाए तर कतैबाट न्याय पाएनन् ।

 

बिज्ञापन

अन्तिममा साथीहरूको सल्लाह अनुसार न्याय पाउने आशमा बिराटनगरमा रहेको वैदेशिक रोजगार बिभागमा गएर प्रेम संजेललाई आफ्नो दुखेसो सुनाए।

 

ठगी गर्ने खकन सरकारलाई पक्राउ गरि बिभागमा उपस्थित गराउन तत्कालै बिभागबाट विभिन्न सरोकार राख्ने निकायलाई पत्र पठाइएको थियो।

 

तर उक्त पत्र बुझाउन जादा बिर्तामोड प्रहरी कार्यालयका तत्कालीन प्रमुख सुवास खड्काले खकन सरकार भागेको र आफै खोजेर ल्याउ भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएको ताजपुरियाले गुनासो गरे।

 

ताजपुरियालाई पाहृनियर ओभरसिज बिर्तामोड शाखाको आफू एजेन्ट भएको भन्दै भद्रपुर ७ का खकन सरकारले ठगि गरेका थिए ।

 

पीडित ताजपुरियाका अनुसार आफुलाई वैदेशिक रोजगारका लागि खकनले माल्दिभ्स पठाईदिने र उक्त देश जान करिव ३ लाख लाग्ने बताएका थिए। सोही बमोजिम पटकपटक गरेर आफुले उक्त रकम दिएको ताजपुरियाले बताए।

 

आँखाभरी आँसु पार्दै ताजपुरियाले भने – `प्रधानमन्त्री, अर्थमन्त्री देखि लिएर प्रदेश १ का गृहमन्त्रीको क्षेत्र भन्छ्न, म ठगीएको नि महिनौं भईसक्यो, म सुकुम्बासीलाई कसले न्याय दिन्छ र? घरमा सुत्केरी श्रीमती छिन, मैले अब कहाँबाट ल्याएर खुवाउनु। ऋण गरेर पैसा बुझाएको थिए अब कसरी तिर्नु?´