सांसद र संविधान सभाका सदस्य आजदेखि माइतीघरमा धर्ना बस्दै
काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा रहेका संघीय तथा प्रदेश सांसद र तत्कालीन संविधान सभाका सदस्यहरूले आज (बुधबार) देखि माइतीघरमा धर्ना दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आज (माघ १४ गते) दिउँसो १२ बजेसम्म धर्नामा बस्न लागिएको उनीहरूले बताएका छन् ।

पुस ५ मा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदम असंवैधानिक भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपासहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका दलहरु निरन्तर आन्दालनमा छन् ।

नेकपा प्रचण्ड–माधव समूहको थप आन्दोलनअन्तर्गत संसद विघटनको पक्षमा रहेका विघटित प्रतिनिधि सभाका सांसद तथा प्रदेश सांसदहरुले आजदेखि धर्ना दिन लागेका हुन् । धर्ना माघ २१ गतेसम्म चल्ने बताइएको छ । प्राधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधिनिधि सभा विघटन गरेको भन्दै त्यसविरुद्ध राजनीतिक दलहरुसहित पूर्वप्रधानन्यायाधीशहरु, संविधानविद् र कानूनविद्हरु, वरिष्ठ पत्रकारलगायत नागरिक समाज निरन्तर आन्दोलनमा छन् ।