इटहरीका भाइरल मेयर चौधरीले जब `र * डी जिन्दावाद´ भन्दै भाषण गरे…..

काठमाडौं – पत्रकारको नाकको हड्डी भाँच्छु भनेर चर्चा बटुलेका सुनसरीको इटहरीका कम्युनिस्ट मेयर द्वारिकालाल चौधरीले ‘र*डी जिन्दावाद’ भनेका छन् ।

 

भ्रष्टाचारको विरोध गर्दै कर्मचारीलाई कालोमोसो लगाएकोदेखि पत्रकारसँग विवाद भएको घटनामा चर्चित मेयर चौधरी पछिल्लो समय र*डी जिन्दावाद भनेको काण्डले चर्चित भएका छन् ।

 

र*डी जिन्दावाद भन्दै उनले गरेको भाषण सामाजिक सञ्जालमा अहिले चर्चित बनेको छ । इटहरीको लविपुर क्षेत्रमा बढ्दो वेश्यावृत्ति रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुगेका ईटहरीका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक कार्यक्रममै र*डी जिन्दावाद भन्ने शव्दलाई बारम्बार भनेका छन्।

 

कार्यक्रमका सहभागीले लाज मानेपनि मेयर चौधरीले लाज पचाएर र*डी जिन्दावाद लगायत थुप्रै अपाच्य शव्द प्रयोग गरेर भाषण गरे । उनको भाषण सुनेर कार्यक्रमका सहभागीले अप्ठ्यारो महसुस गरेका थिए ।

 

मेयरको घरमा वेश्यावृत्ति भनेर केही पत्रकारले दिएको अभिव्यक्ति आलोचनाबाट भाषण शुरू गरेका उनले वेश्यावृत्तिले नराम्रो प्रभाव पारेको बताएका छन् । होटलका लागि भाडामा दिएको आफ्नो घरमा होटल सञ्चालकले यौनजन्य गतिविधि गराएको थाहा पाएपछि आफूले होटलको बोर्ड नै फ्याँकिदिएको उनले बताए ।

 

उनले त्यहाँका होटलमा हुने यौन गतिविधिका कारण त्यहाँको व्यापार चल्ने गरेको बताए । ‘यहाँ रण्डीको कारण कस्मेटिक पसल चल्दोरैछ, घरभाडा पनि चल्दो रैछ, दबाई दोकान पनि चल्दो रैछ,’ उनले थपे, ‘मनोरन्जन गर्न रण्डी चाइया छ । घरभाडा लगाउन रण्डी चाइया छ । कण्डम बेच्न रण्डी चाइया छ । पिल्स बेच्न रण्डी चाइया छ । रण्डी जिन्दावाद !’

 

उनले बारम्बार र*डी शब्द उच्चारण गर्दै जिन्दावाद भनेपछि त्यहाँ रहेका महिलाहरूले अप्ठ्यारो मानेका थिए ।

 

कार्यक्रममा बोल्दै स्थानीयले प्रहरीको भूमिका प्रभावकारी नभएको गुनासो समेत गरेका थिए । प्रदेश सांसद लिलम बस्नेतले यौन व्यवसायलाई संघीय सरकारले कानून बनाएर वैधता दिनुपर्ने बताएका छन् । मेयर चौधरीले भाषण गरेको भाइरल भिडियो सुनेपछि सर्वसाधारण चकित परेका छन् ।