
काठमाडौं – प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति देशबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि एमाले केपी ओली पक्ष आक्रोशित भएको छ ।ओली समूहका नेता महेश बस्नेतले अदालतको फैसलाविरुद्ध विरोध जनाउन आग्रह गरेका छन् ।

उनले आजको दिनलाई नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको निर्दलिय शासन व्यवस्थाको पुन बिजारोपन भएको टिप्पणी गरेका छन् । व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण रहेको उल्लेख गर्दै बस्नेतले अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको बताएका छन् ।साथै उनले देउवालाई प्रधानमन्त्री बनाउन जारी परमादेश कार्वान्वयन गर्ने असम्भव रहेको बताएका छन् ।
बिज्ञापन



