
इलाम । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाए पछि मात्र तत्कालीन माओवादीसँगको एकता प्रक्रिया अघि बढेको बताएका छन् । ओली सुरुदेखि नै पार्टी एकताको विपक्षमा रहेको भन्दै खनालले आफू प्रधानमन्त्री हुन मात्र ओलीले एकता स्वीकार गरेको उनले दाबी गरे ।

गृह जिल्ला इलाममा शनिबार आयोजित कार्यकर्ता प्रशिक्षणमा खनालले पार्टी एक भए पछि पनि ओलीले गुटबन्दी गरेको, मन्त्रिपरिषद् विस्तार लगायत कुनै पनि काममा पार्टीमा छलफल नै नगरेको बताए । ‘केपी ओलीले दक्षिण पन्थी अवसरवादको बाटो समाएकै कारणपार्टी विभाजनको अवस्थामा आइपुगेको छ,’ उनले भने, ‘ओलीलाई पार्टीबाट फ्याँके पछि पार्टी एकता सुरु भएको छ ।’ केपी ओलीको कित्तामा लाग्नेहरु नर्ककुण्डमा पुग्ने भन्दै खनालले ओलीले समाजवादको बाटो त्यागेको आरोप लगाए । ‘सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रममा पनि समाजवादको ‘स’ पनि आएन,’ उनले भने, ‘समाजवादमा जाने सर्वस्वीकार्य प्रस्ताव संविधानमै उल्लेख भयो तर ओली नेतृत्वको सरकाले त्यसलाई सम्बोधन नै गरेन ।’



नेपालको संविधानको धारा ७६ लेख्दा ४ सर्त राखेर प्रधानमन्त्रीले एक्लै संसद् विघटन गर्न नसक्ने प्रावधान उल्लेख गरेको उनले सुनाए । ‘बहुमत प्राप्त दलले संविधान बनाउने, नसके २ वा २ भन्दा बढीदलले बनाउने, त्यसले पनि नभए ठूलो दलले बनाउने र त्यो पनिनभएकुनै व्यक्तिले म बहुमतल्याउँछु भन्यो भने उसलाई पनि १ महिनाको अवधिदिने संविधानको मर्म हो,’ खनालले भने, ‘तर, यति हुँदा पनि प्रधानमन्त्रीले कसैसँग सल्लाह नै नगरी संसद् विघटन गर्ने भन्ने चाहिँथिएन ।’ खनालले प्रधानमन्त्रीको संसद् विघटनको कदम गैरसंवैधानिक भएको भन्दै नागरिकले खबरदारी गरिरहनुपर्ने बताए ।
