
राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । रौतहटको चन्द्रपुरविरुद्ध मैदान उत्रदा एपीएफ अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
जारी महिला लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।चन्द्रपुरलाई हराएर एपीएफ उपाधि होड थप बलियो बनाउन चाहन्छ । यता, चन्द्रपुर भने एपीएफविरुद्ध अप्रत्यासित नतिजा निकाल्न चाहन्छ । चन्द्रपुर एपीएफलाई पहिलो हार चखाउने योजनामा हुनेछ । तर, चन्द्रपुरलाई एपीएफलाई हराउँन सहज भने हुने छैन । चन्द्रपुरले ७ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।