नेपाल शिक्षक संघ कमल गाउँ समिती झापाद्वारा दोस्रो स्थानीय प्रतिनिधि सभा सम्पन्न

दमक/ नेपाल शिक्षक संघ कमल गाउँ समिती झापाले गत शुक्रबार दोस्रो स्थानीय प्रतिनिधि सभा सम्पन्न गरेको छ।

संघका अध्यक्ष श्री हेमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कमल गाउपालिकाका शिक्षा शाखा प्रमुख सुर्य नेउपानेको प्रमुख आथित्यता रहेको थियो भने  शिक्षक संघका केन्द्रिय प्रतिनिधि गोपालचन्द्र भुजेल,नेपाली काङ्ग्रेसका स्थानिय युवा नेताहरु राजन बहादुर ढुंगाना , खगेन भन्डारी, हुकुमसिङ्ग राई, बुद्धिराज नेउपाने, नेपाल शिक्षक संघ झापाका उपाध्यक्ष बद्री कार्की, नेपाल शिक्षक संघ जिल्ला सहसचिव कुमार खतिवडा लगायतको आथित्यता  रहेको थियो   ।

कार्यक्रमको उद्घाटन गर्ने पुराना परम्परा भन्दा फरक किसिमले  निर्धारित १२:३० बजेको समयमा कार्यक्रममा उपस्थित हुनुहुने श्री महेन्द्ररत्न मा .बी.मा कार्यरत बालशिक्षक श्री कुमारी उषा अधिकारीलाई समयको सुचक भित्ते घडी उपहार दिएर कार्यक्रमका प्रमुख अतिथिले कार्यक्रमको समुद्घाटन उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको अबसर पारेर लामो समय देखि शिक्षक संघमा आवद्ध भइ शिक्षण सेवामा समर्पित श्री बासबारी मा. बि. मा कार्यरत शिक्षक बेदनिधी चापागाईं लाई सम्मान पत्रद्वारा सम्मान गरिएको कार्यक्रममा अध्यक्षद्वारा प्रस्तुत भावी कार्यक्रम ,सचिवद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथी छलफल गरि सभाले सर्बसम्मत रुपले पारित गरेको थियो ।