
मन्थली : रामेछापको मन्थली नगरपालिका–१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । वडा नं.–४ सालुबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्वरको यात्रुबाहक बस तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विद्यार्थीहरुलाई तत्काल उद्धार गरी उपचारको लागि मन्थली स्थित तामाकोशी अस्पतालमा लगिएको छ । बसमा ५३ जना यात्रुहरु सवार रहेको र बाँकी यात्रुको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
बिज्ञापन



बस तिव्र गतिमा भएका कारण विपरीत दिशावाट गइरहेको ट्याक्टरलाई साइट दिने क्रममा अचानक सडकमै पल्टिएको प्रवक्ता श्रेष्ठले बताए ।
