औषधि व्यवस्था विभागद्वारा आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक

काठमाडौं— औषधी व्यवस्था विभागले न्युन गुणस्तरका औषधी उत्पादन गरेको भन्दै ८ ब्रान्डका औषधी बिक्री वितरणमा रोक लगाएको छ । सात औषधि उत्पादक कम्पनीहरूले न्युन गुणस्तरका गरेकाले बिक्री वितरणमा रोक विभागले जनाएको छ । प्राइम फर्मास्युटिकल वीरगन्जले उत्पादन गरेको फेक्जोफेडाइन औषधी वितरणमा रोक लगाएको छ ।

यस्तै, सिटीएल फर्मास्युटिकल भक्तपुरले उत्पादन गरेको लेपिलेज १०, म्याग्नुस फर्मा बाराले उत्पादन गरेको आइरोगोनल–२००, एमटेक मेडले काठमाडौंले उत्पादन गरेको आइनक्स र भास्कर हर्वास्युटिकल वीरगन्जले उत्पादन ग्यास्टोजेल सस्पेन्सन औषधी, बायोगेन रेमेडिज रुपन्देहीले उत्पादन गरेको आइट्याक र आर्या फार्मल्याव बाराले उत्पादन गरेको स्यानट्रान–२०० को बिक्रीमा पनि रोक लगाइएको विभागले जनाएको छ ।

बिज्ञापन