बाँकेको नरैनापुर गाउँपालिकामा आगलागी, १६ घर जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका–१ सुइयाँ गाउँमा आगलागीबाट १६ घर जलेर नष्ट भएका छन् । सोमबार बिहान करिब साढे ११ बजे समयमा मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो । प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी‚ मनै साई सहज राम पासी, मृत लाल पासी सन्तोष पासी बौरा पासी मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

साथै‚ आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको र क्षतिको पूरा विवरण आउन पनि बाँकी रहेको लुम्बिनी प्रहरी प्रदेश कार्यालयले जनाएको छ ।